आजको पञ्चाङ्ग एवम् राशिफल (१ कार्तिक २०८० बुधबार, १८ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ कार्तिक २०८० बुधबार, १८ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५नेपाल सं.११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक १ गते तद्अनुसार सन् २०२३ अक्टोबर १८ तारिख बुधबार आश्विन शुक्ल पक्षको चतुर्थी तिथि अनुराधा नक्षत्र आयुष्मान योग वणि करण आनन्दादिमा सौम्य योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०६ मा भयो र सूर्यास्त साँझ १७ः३१ बजे हुनेछ । कार्तिक संक्रान्ति ।

आजको राशिफल

मेष – प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।

वृष – प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । अध्ययनमा राम्रो प्रगति हुनेछ । धन आर्जन हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । रोकिएका काम बन्ने समय छ, हिम्मतले काम लिनुहोला । साझेदारीकके काम बन्नेछ । दामपत्यसुख मिल्नेछ । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त होला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – आँट साहस पराक्रम बढ्ने, बौद्धिकता र रचनात्मकता वृद्धि हुने समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । यात्रा सफल रहनेछ । वैदेशिक कामकाजमा फाइदा होला । समस्याको समाधान प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुने दिन छ ।

कर्कट – मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मत कायम राख्न सक्दा अप्ठ्यारो काम पनि बनाउन सकिनेछ । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला । पारिवारिक सुख मिल्नेछ ।

सिंह – व्यस्तता बढ्नेछ । आज अनावश्यक दौडधुपमा समय बित्ने सम्भावना छ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । साथीभाइको सहयोग भने प्राप्त हुनेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – प्रेम र मित्रताको गाँठो कसिनेछ भने दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने अवसर मिल्ला । तार्किक क्षमताले सम्मान दिलाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत वृद्धि होला । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तजनले समस्यामा सहयोग गर्लान् ।

तुला – विशेष उपलब्धि हात पार्न सकिने कर्मको योग छ । गुरुजनको सहयोग जुट्ला । व्यवसायमूलक काममा राम्रै फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । कार्य व्यपारमा सफलता प्राप्त होला । यात्राको योग छ । दायित्व पूरा गर्नुहुनेछ ।

वृश्चिक – पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइनेछ । तर आजको दिन प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । फाइदाको पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्ने योग छ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । सुख र आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । दाम्पत्यसुख बढ्नेछ ।

धनु – बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन पनि सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला । शत्रुपक्ष परास्त हुनेछ ।

मकर – विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । आय र यशवर्चश्व अनि कर्मबल बढ्ने समय छ । परिवारिक सुख रहनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । केही आर्जित धन खर्च हुन सक्छ, तर आफ्नै प्रयासले लाभ मिल्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । काममा सफलता मिल्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – समय केही चुनौतीयुक्त छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा असमझदारी बढ्न सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । काम बिग्रने डरले सताइरहनेछ । आफन्तको साथ कमै मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । अन्ततः समस्याको समाधान मिल्नेछ ।