आजको पञ्चाङ्ग एवम् राशिफल (२ कार्तिक २०८० बिहीबार, १९ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ कार्तिक २०८० बिहीबार, १९ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक २ गते तद्अनुसार सन् २०२३ अक्टोबर १९ तारीख बिहीबार आश्विन शुक्ल पक्षको पञ्चमी तिथि ज्येष्ठा नक्षत्र सौभाग्य योग ३ः२२ पर शोभन योग बब करण आनन्दादिमा काल योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०६ मा भयो र सूर्यास्त सांझ १७ः३० बजे हुनेछ । उपाङ्ग ललिताव्रत, पचलीभैरव यात्रा ।

आजको राशिफल

मेष – प्रेमको बन्धनमा कसिनेछ । रोकिएका काम बनेर उत्साह जाग्ने समय छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । सवारीसाधन उपयोग गर्दा अघि–पछिको तुलनामा अलिक सावधानी अपनाउनुपर्ला । जोखिम बढ्नेछ । कठोर मिहिनेतले मात्र काम बन्नेछ । साहस वृद्धि होला । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

वृष – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । दाम, इनाम र प्रतिष्ठा मिल्ला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्नचाहिँ केही समय पर्खंदा राम्रो हुनेछ । नियमित कार्यलाई निरन्तरता दिन सकिनेछ । दाम्पत्य सुख बढ्नेछ । साझेदारीको काम बन्नेछ । आरोग्यता रहला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – आजको दिन बाध्यताका काममा जुट्नुपर्ने र यात्रामा समस्या आउनसक्ने योग छ । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । कुनै पुरानो सम्झौता भंग हुने सम्भावना छ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । पति वा पत्नीका माध्यमबाट फाइदा हुनेछ । ऋण रोग र शत्रु सित लड्ने क्षमता बढ्नेछ । आरोग्यता रहनेछ । शत्रुपक्ष परास्त होलान् ।

कर्कट – चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आशा देखाउनेहरूको भर पर्दा धोका हुन सक्छ । तथापि, समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । प्रेमपात्रसित भेटघाट हुनेछ भने प्रेमभाव बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – समय प्रतिकुल रहेको अनुभूति होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । खर्च र व्यस्तता बढ्नेछ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । यसका बाबजुद लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । पारिवारिक कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – आजको दिन स्वास्थ्य केही कमजोर रहला । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । तथापि, आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद बन्नेछ । पारिवारिक सुखशान्ति समृद्धि बढ्नेछन् । रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – प्रतिभा देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्ला । प्रयत्न गरेका काम ढिलै सम्पादन हुनेछ । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय रहेकोले सावधानी अपनाउनु हितकर होला । आरोग्यता बढ्नेछ । यात्रागत कार्य बन्नेछ ।

वृश्चिक – नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले सहयोगको तत्परता देखाउन सक्छन्, सजग रहनुहोला । सरकारी कडिकडाउको सिकार भइने योग रहेकोले विशेष सावधानी अपनाउनु उत्तम हुनेछ । शोख पूरा गर्नमा खर्च हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यता रहला ।

धनु – प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । विगतका समस्या बल्झिन सक्ने योग छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । खर्च र लगानी वृद्धि हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – समय अनुकुल छ । संघर्षको माध्यमबाट अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । शत्रुहरू किनारा लाग्नेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । विशेष योजनाहरू बन्नेछन् । कर्मबलका साथै आय बढ्नेछ । नियम कानुनले साथ दिनेछ ।

कुम्भ – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । लगानी र श्रमको उचित मूल्य नमिल्न सक्छ । तथापि, समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने अवसर जुर्ला । आर्थिक विकाससित सम्बन्धित कार्य अघि बढ्ला । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । तपाईंका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ, सावधान रहनुहोला । यसका बाबजुद लेखन प्रकाशनसित सम्बन्धित काम र वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ ।