नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा कोशी प्रदेशमा केदार कार्कीलाई मुख्यमन्त्री बनाइएको खुलासा गरेका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले कोशी प्रदेशको तत्कालीन परिस्थितिलाई दृष्टिगत गरी प्रदेशसभा सदस्य कार्कीको नेतृत्वमा सरकार निर्माण गरिएको बताए । कोशी प्रदेश सरकार गठनबाट सङ्घीय र वाग्मती सरकारलाई कुनै असर नपर्ने उनको जिकिर थियो ।
कोशी प्रदेश सरकारमा अहिले सहभागी दलले निरन्तरता पाउने बताउँदै नेता कोइरालाले आवश्यकताअनुसार तिहारअगाडि सरकार विस्तार हुने जानकारी दिए । उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नहुनु संवैधानिक त्रुटी भएको टिप्पणी गरे ।
प्रतिक्रिया