आजको पञ्चाङ्ग एवम् राशिफल (७ कार्तिक २०८० मंगलबार, २४ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ कार्तिक २०८० मंगलबार, २४ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक ७ गते तद्अनुसार सन् २०२३ अक्टोबर २४ तारिख मंगलबार आश्विन शुक्ल पक्षको दशमी तिथि धनिष्ठा नक्षत्र गण्ड योग वणि करण आनन्दादिमा उत्पात योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०९ मा भयो र सूर्यास्त साँझ १७ः२५ बजे हुनेछ । देवीविसर्जन, विजयादशमी, दशैंको टीका, खड्ग यात्रा, शमिदर्शन, संयुक्त राष्ट्रसंघ दिवस, टीकाको समय ११ः०० देखि १२ बजेसम्म लाभ बेला र अभिजित योगमा ।

आजको राशिफल

मेष – आय वृद्धिको योग छ । अनुकूलता बढ्ला । रोकिएको कामले गति पाउला । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने समय छ ।

वृष – प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पढाइलेखाइमा पनि समय दिन नसकिएला । आजको दिन यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ भने आर्थिक कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । मिठो भोजन प्राप्त होला ।

मिथुन – आजको दिन पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । काममा रोकावट र कममात्र फाइदा हुने समय भएपनि आमाको माध्यमबाट काम बन्न सक्छ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिने योग छ । शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकता, रचनात्मकता र शुभता वृद्धि हुनेछ । समस्याको समाधान प्राप्त होला ।

कर्कट – दौडधुप बढेपनि पारिवारिक सुख मिल्ने समय छ । रोकिएको काम बन्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । मिठो भोजनको अवसर मिल्ला । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् । विभिन्न भौतिक साधन जुट्नेछन् भने आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ ।

सिंह – दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ भने प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको योग पनि रहेको छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । दाम्पत्यसुख बढ्नेछ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । आरोग्यता रहनेछ ।

कन्या – गरिएका कर्मको उचित प्रतिफल पाइने दिन छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन होला । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । तर, साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । आरोग्यता रहला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । धन मान महत्वमा कमी आउने छैन । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । पढाइलेखाइमा प्रगति हुनेछ । तर बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ, सचेत रहनु हितकर होला । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रेमभाव बढ्नेछ ।

वृश्चिक – मनमा सामान्य डरको अवस्था रहेपनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । आश मारेको काम बन्नाले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजनबीच आत्मीय भाव बढ्नेछ । आरोग्यताका साथै व्यस्तता बढ्नेछ ।

धनु – पराक्रम बढ्नेछ । कार्यसम्पादन गर्ने क्षमता वृद्धि भएपनि केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्य पनि बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

मकर – कर्मबलका साथै व्यस्तता वृद्धि हुने समय छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । भने सन्तानपक्षबाट सुख मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । परिवारजनबीच आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्तीबिनै आरोप लाग्न सक्छ, सावधान रहनुहोला । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नु हुनेछ ।

कुम्भ – आरोग्यता रहे पनि आजको दिन अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहला । थिचोमिचो गर्नेहरूले दुःख दिन सक्छन् । चोरी वा ठगीमा पर्नुबाट बच्न विशेष प्रयत्न गर्नुहोला । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला

मीन – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्ला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ, ख्याल राख्नुहोस् । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ । वार्तामा सफलता मिल्नेछ ।