स्विडेनको नाटो प्रवेश प्रस्तावमा टर्कीका राष्ट्रपतिद्वारा हस्ताक्षर

स्विडेनको नाटो प्रवेश प्रस्तावमा टर्कीका राष्ट्रपतिद्वारा हस्ताक्षर


टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले स्विडेनको नाटामो समावेश हुने प्रोटोकलमा हस्ताक्षर गरेका छन् । उनले उक्त प्रोटोकललाई अनुमोदनका लागि टर्कीएको संसदमा पठाएको त्यहाँको राष्ट्रपतिको कार्यालयलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

सुरुमा उक्त प्रोटोकलमाथि संसद्को समितिमा छलफल हुनेछ र त्यसलाई मतदानका लागि साधारणसभामा पेश गरिनेछ ।

अङ्काराले सुरुमा फिनल्यान्ड र स्विडेन दुवै मुलुकले आतङ्कवादका सम्बन्धमा आवश्यक कदम नउठाएसम्म र को सदस्यतालाई अनुरोध गरिएका व्यक्तिहरूलाई सुपुर्दगी नगरेसम्म उनीहरूको नाटोमा सदस्यतालाई स्वीकृत नगर्ने बताएको थियो ।

स्विडेनमा कुरान जलाएको घटनालाई लिएर टर्कीले कडा प्रतिक्रिया जनाएको थियो । यद्यपि फिनल्यान्ड र त्यसपछि स्विडेनको नाटो सदस्यताको भिटो क्रमशः हटाइयो ।

टर्कीको संसद्ले मार्चमा फिनल्यान्डको नाटोमा प्रवेश गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो तर प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)लाई कथित समर्थन गरेका कारण स्विडेनको नाटोमा प्रवेश गर्ने प्रस्तावमाथि टर्की अनिच्छुक देखिएको थियो ।

स्विडेनले नाटो सदस्यता लिने प्रक्रियामा आफ्नो आतङ्कवादविरोधी कानूनमा नयाँ संशोधनहरू गरेको छ तर उसले टर्कीले अनुरोध गरेको ‘संदिग्ध आतङ्कवादी’हरूलाई सुपुर्दगी गरेको छैन ।