आजको पञ्चाङ्ग एवम् राशिफल (८ कार्तिक २०८० बुधबार, २५ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ कार्तिक २०८० बुधबार, २५ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक ८ गते तद्अनुसार सन् २०२३ अक्टोबर २५ तारिख बुधबार आश्विन शुक्ल पक्षको एकादशी तिथि शतभिषा नक्षत्र वृद्धि योग बब करण आनन्दादिमा मानस योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१० मा भयो र सूर्यास्त सांझ १७ः२४ बजे हुनेछ । पापाङ्कुशा एकादशीव्रत, अन्नपूर्णायात्रा ।

आजको राशिफल

मेष – आर्थिक काम बन्ने र आय बढ्ने समय छ । स्वास्थ्य सबल रहनेछ र अनुकूलता वृद्धि हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्न सक्छ । व्यापारमा राम्रै फाइदा हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रोकिएको काम पूरा होलान् । आमोदप्रमोदमा रम्नुहुनेछ ।

वृष – समय त्यति अनुकुल नरहला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने समय भए पनि स्वास्थ्यगत समस्याले सताउन सक्छ । अरूका काममा समय बित्ने योग छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । पारिवारिक समस्याको भने समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ भने लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनसक्छ, सचेत रहनुहोला । धर्मकर्ममा आकर्षण रहला । रचनात्मकता बढ्नेछ ।

कर्कट – चोरी वा ठगीमा परिन सक्ने समय छ । आर्थिक कारोबार गर्दा पनि निकै नै सजगता अपनाउनु हितकर होला । अनावश्यक दौडधुपमा समय बित्नेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । कार्यमा जोखिम बढ्ला । साथीभाइको सहयोग भने प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । प्रतिस्पर्धामा विजयी भइएला । रमाइलो यात्रा हुने सम्भावना छ । साझेदारीको काम बन्नेछ । दाम्पत्य सुख बढ्नेछ । आरोग्यता रहला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशांति बढ्नेछ ।

कन्या – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – कीर्तिमानी काम गर्ने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ला । व्यापारिक कार्यमा राम्रै फाइदा हुनेछ । प्रेमभाव र आरोग्यता बढ्ला । आफन्तको साथ प्राप्त हुनेछ । सवारीसाधन उपयोग गर्दा भने आजको दिन विशेष सावधानी अपनाउनुहोला ।

वृश्चिक – समय उत्साहवर्द्धक रहला । श्रमको उचित मूल्यांकन हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने बेला छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्ने सक्छ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । दाम्पत्यसुख बढ्नेछ । शत्रुपक्ष परास्त होलान् ।

धनु – आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साझेदारीमा राम्रो फाइदा होला । मेहनतले आम्दानी बढाउनेछ । आयआर्जनका स्रोत बढ्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । पराक्रम बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – आजको दिन व्यस्तता वृद्धि हुने देखिन्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । दायित्व पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । स्वास्थ्य कमजोर रहला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा पुग्ने समय छ । सुख विलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।