✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक ९ गते तद्अनुसार सन् २०२३ अक्टोबर २६ तारिख बिहीबार आश्विन शुक्ल पक्षको द्वादशी तिथि ८ः३ पर त्रयोदशी तिथि पूर्वाभाद्रपद नक्षत्र ध्रुव योग ७ः२६ पर व्याघात् योग कौलव करण आनन्दादिमा मुद्गर योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः११ मा भयो र सूर्यास्त सांझ १७ः२६ बजे हुनेछ । प्रदोष व्रत, खाँचीसराय पर्व ।
आजको राशिफल
मेष – रोकिएको काम छ भने पुनः प्रयास गर्दा सफलता मिल्ने समय छ । नयाँ योजना बन्नेछन्, पुरानो समस्या सुल्झाउन सकिनेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा विवाद आउनसक्ने योग छ, सचेत रहनुहोला । लगानी र खर्च बढे पनि कठोर मिहिनेतले काम बन्नेछ ।
वृष – विभिन्न अवसरले पछ्याउने समय छ । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । व्यवसायमा भने लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी रहला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान प्राप्त होला । रसरागमा आकर्षण रहनेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – खर्च लागे पनि दिगो आयस्रोत जुटाउन सकिने समय छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् । स्वास्थ्यको लागि आजको दिन खानपानमा विशेष सावधानी अपनाउनुहोला । सकारात्मक कर्ममा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रागत कार्य सफल हुनेछ ।
कर्कट – विद्यामा कमजोरी र लेनदेनमा विवाद हुन सक्छ, सावधान रहनुहोला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्ने योग रहेकोले अर्काको भर नपर्नु नै हितकर होला । समयमा होश नपुग्नाले अनावश्यक खर्च हुन सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खर्चको तुलनामा कममात्र फाइदा हुने समय छ ।
सिंह – आजको दिन रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन् । व्यावसायिक आम्दानी बढ्नेछ भने पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । प्रतिष्पर्धीहरू सक्रिय रहेपनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । आरोग्यता रहनेछ ।
कन्या – बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । टाढाको यात्राको संभावना छ । अध्ययनमा समय दिन नसकिएला । लेनदेनको विवादले हानी पुऱ्याउन सक्छ, सावधान रहनुहोस् । स्वास्थ्यप्रति पनि आजको दिन विशेष ख्याल राख्नु हितकर हुनेछ । आरोग्यता बढ्ला । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ ।
तुला – नाम, दाम र इनाम कमाउने समय छ । सोचेको काम विस्तारै बन्नेछ । स्वास्थ्य भने सामान्य रूपले कमजोर रहला । कतिपय काम स्थगित हुनाले मन खिन्न भए पनि सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने योग छ । लगनशील बन्ने प्रयत्न गर्नु हितकर हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ । समस्याको समाधान मिल्नेछ ।
वृश्चिक – प्रतिष्ठित कामको जिम्मेवारी मिल्ने समय छ । भूमि वा पैत्रिक सम्पत्तिमा भने विवाद आउन सक्छ । घरेलु समस्याले काममा सामान्य बाधा दिन सक्छ, सावधनीपूर्वक काम गर्नुहोला । अर्थ अभावले योजना स्थगित हुन सक्ने योग छ । प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । प्रेमभाव बढ्नेछ ।
धनु – व्यस्तता बढ्नेछ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । केही समस्या निम्तिए पनि इच्छाशक्ति एवं मेहनतले फाइदा नै दिलाउनेछ । प्रतिस्पर्धाको दौडमा विजयी बन्ने योग छ । उद्योग-व्यापारमा विशेष फाइदा हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । दाम्पत्यसुख बढ्नेछ । योजना र बजेट बनाएरमात्र कारोबार गर्नुहोला ।
मकर – रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठको योग छ । रुपैयापैसाको कारोबार हुने देखिन्छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । पराक्रम बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । सम्पत्ति बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ – मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहला । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन – कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ । आरोग्यता रहला । मिठो भोजन प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया