समानुपातिक सांसद चयन गर्न जसपाको बैठक बस्दै

समानुपातिक सांसद चयन गर्न जसपाको बैठक बस्दै


मधेस प्रदेशसभामा रिक्त हुन आएको समानुपातिक सांसद चयन गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिनको २ः३० बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ ।

विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।

समानुपातिक सांसद चयन गर्ने विषय प्रमुख रहेपनि बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धी तीनमहिने अभियानबारे समेत समीक्षा हुने बताइएको छ ।