यात्रा

यात्रा


✍ श्यामकृष्ण लम्साल

दुनियाँमा यस्तो यात्रा सम्भव नै हुँदैन होला
जहाँ बाटो सहज मात्र होस्
घुम्ती, नेटा र कुइनेटाहरू नहोस् !
यात्रामा भिर पनि हुन्छ
पहाड पनि हुन्छ
अक्कर पनि हुन्छ,
सहजै सहजमात्र हुने भए
यात्रा कसरी यात्रा हुन्थ्यो होला र ?
यात्रा रमणीय हुनलाई
त्यहाँ अप्ठ्यारो बाटो पनि त चाहिन्छ
बाटो, गोरेटो, अक्करको भिर पनि त चाहिन्छ
यात्राको महत्व बुझ्नलाई
सहजै सहजको मात्रै यात्रा भइदिए
यात्रीले आफ्नो एकबारको जुनीलाई
कसरी बुझ्न सक्थ्यो होला र ?
यात्राको महत्व कसरी अुनभूत हुनसक्थ्यो र ?

  • षडानन्द न.पा.-६, दिङ्गला, भोजपुर