एनआरएन विवाद : जीउज्यान, सम्पत्तिको सुरक्षा माग गर्दै उजुरी

एनआरएन विवाद : जीउज्यान, सम्पत्तिको सुरक्षा माग गर्दै उजुरी


  • सुरेन्द्र सुवेदी, काठमाडौं

गैरआवासीय नेपाली संघमा पराजित एक समूहले निर्वाचित भएका पदाधिकारी र कर्मचारीहरुमाथि जीउज्यान मार्ने, हुलदंगा गर्दै अमर्यादित काम गरिरहेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

संघको ११औँ अन्तराष्ट्रिय महासम्मेलनमा पराजित बनेका राजकुमार शर्मा, बुद्धिसागर सुवेदी, गंगाधर गौतम, ठाकुरप्रसाद ढुंगाना र उमेश गौतमसमेत विरुद्ध महानगरीय प्रहरीको दरबारमार्ग प्रहरी वृत्तमा उजुरी परेको हो ।

एनआरएनएको ११औँ सम्मेलनबाट पराजित समूह

अध्यक्षमा निर्वाचित अन्तराष्ट्रिय समन्वय परिषद् गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले उनीहरुबिरुद्ध उजुरी गरेका हुन् । उजुरीको वोधार्थमा संघमा निर्वाचित भएका पदाधिकारी र सदस्यहरूलाई पूर्वमन्त्री महेश बस्नेतले शुभकामना दिइरहेको समयमा राजकुमार शर्मासमेतको टोली पुगेर अभद्र व्यवहार गर्दै अनुमतिविना फोटा खिच्ने, अपशव्द बोल्ने काम गरेका छन् ।

उनीहरुविरुद्ध जीउज्यान र सम्पत्तिको सुरक्षा, हुलदंगा गर्नेलाई कारवाही तथा वैयक्तिक गोपनियता र प्रतिष्ठाविरुद्ध कारवाहीको माग गरिएको छ । शर्मासमेतका अन्य सदस्यहरु पहिचान गर्न सिसि क्यामेरा फुटेज हेरेर आवश्यक कारवाही गर्न र संघको नियमित काम कारवाही सुचारु गराउन पनि माग गरिएको छ ।