शारीरिक सुगठनको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै कँडेल

शारीरिक सुगठनको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै कँडेल


  • विशेष प्रतिनिधि, बेल्जियम

१७ जुन २०२३ मा बडीबिल्डरहरूको (NCOBB Belgian Championships 2023) कम्पोटिशनमा दुई गोल्ड मेडल हात पारेका बडीविल्डर पशुपति कँडेलले हिउँदे प्रतिस्पर्धामा (अक्टोबर २९ तारिक) पुनः अर्को गोल्ड मेडल प्राप्त गर्न सफल भएका छन् । आफ्नो उमेर समुहमा प्रथम भएपछि कँडेल इटालीमा हुने अन्तराष्ट्रिय प्रतिष्पर्धाको लागि समेत छानिएका हुन् ।

गत आइतबार बेल्जियमको कोत्र्याएक (Aalbekeplaats, 8511 Kortrijk, België) मा भएको ६८ किलोको प्रतिष्पर्धामा पशुपति कँडेल प्रथम र सबै समुहबाट चौथो भएपछि नेपाली खेलकुद संघ बेल्जियमका अध्यक्ष तथा महासचिवको समुपस्थितिमा सम्मान गरिएको हो।

यही नोभेम्बर २ तारिक बिहान अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको लागि जाने क्रममा नेपाली खेलकुद संघका अध्यक्ष ज्ञानु थापा र महासचिव मीन क्षेत्रीले कँडेललाई सफलताको शुभकामनासहित सम्मानपूर्ण बिदाई गरेका छन् ।

स्मरण रहोस्, इटालीको रोममा आगामी नोभेम्बर ३, ४ र ५ तारिकको संसारभरिका बोडी विल्डरहरुको अन्तराष्ट्रिय च्याम्पियनसिप प्रतिष्पर्धा हुँदैछ ।