मेधावी नेपालीलाई महिला मैत्री समाजको छात्रवृत्ति

मेधावी नेपालीलाई महिला मैत्री समाजको छात्रवृत्ति


नेपाल-भारत महिला मैत्री समाजले मेधावी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

भारतको विहार राज्यस्थित गान्धी एजुकेशन ट्रष्ट र बुद्ध इष्टिच्युट अफ टेक्नोलोजीसँगको सहकार्यमा समाजले २२ जना नेपाली विद्यार्थीलाई प्रदान गर्नेछ ।

नेपालीलाई छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । शुक्रबार ललितपुरमा समाज र दुवै शैक्षिक प्रतिष्ठानबीच त्रिपक्षीय समझदारी भएको हो ।

तीनवटै संस्थाले संयुक्तरूपमा पत्रकार सम्मेलन गरेर अर्थाभावमा मेधावी विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट वञ्चित नहुन् भन्ने उद्देश्यले बुद्ध इष्टिच्युट अफ टेक्नोलोजीले ११ जनालाई डिप्लोमा इन इञ्जिनियरिङ र अन्य ११ जनालाई ब्याचलर इन टेक्नोलोजी उपाधि हासिल गर्न छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन् ।

आगामी शैक्षिक वर्षदेखि उक्त छात्रवृत्ति प्रदान गरिने नेपाल-भारत महिला मैत्री समाजकी अध्यक्ष तथा संसद चन्दा चौधरीले जानकारी दिनुभएको छ ।