नेपाली क्रिकेट टोलीलाई सरकारले उपलब्ध गराउने भनेको प्रोत्साहन पुरस्कारको रकम निकासा भएको छ ।
विभिन्न तीन वटा कपमा सहभागी नेपाली क्रिक्रेट टोलीलाई सरकारले दिने भनेको रू एक करोड ५७ लाख ५० हजार बराबर प्रोत्साहन पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टङ्कलाल घिसिङले जानकारी दिएका छन् ।
सदस्स–सचिव घिसिङका अनुसार प्रोत्साहन पुरस्कार रकम उपलब्ध गराउनेबारे मन्त्रिपरिषद्ले पहिल्यै निर्णय गरेको भए पनि पनि अर्थ मन्त्रालयले शुक्रबारनिकासा गरेको हो । ‘मन्त्रालयबाट रकम निकासा भएपछि समस्या हुँदैन । कुनै औपचारिक कार्यक्रमबाट हामीले यो पुरस्कार वितरण गर्नेछौँ’, घिसिङले भनेका छन् । सरकारले दिने भनेको पुरस्कार रकम ढिलै पनि पाउँदा खेलाडी र प्रशिक्षकलाई सकारात्मक ढाडस मिल्ने घिसिङ बताउनुहुन्छ ।
सरकारले गत वैशाख ५ देखि १८ गतेसम्म चलेको एसीसी मेन्स प्रिमयर कपका लागि रू ७९ लाख निकासा गरेको छ । गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही रू छ लाख र अन्य टिम अफिसियलाई जनही रू. तीन लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय गरेको थियो ।
गत फागुन १२ देखि १८ गतेसम्म सञ्चालन भएको आइसीसी अण्डर-१९ मेन्स सिडब्लुसी-एसिया क्वालिफायरका लागि रू ४६ लाख र गत फागुन २७ देखि चैत २ गतेसम्म चलेको आइसिसी सिडब्लुसी लिग-२ को रू ३२ लाख ५० हजार उपलब्ध गराइने सदस्य-सचिव घिसिङको भनाइ छ ।
प्रतिक्रिया