कालीगण्डकीले बगाउँदा आमाको मृत्यु, बालक गम्भीर

कालीगण्डकीले बगाउँदा आमाको मृत्यु, बालक गम्भीर


पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीस्थित कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने उनका चार वर्षीया छोरा गम्भीर घाइते भएका छन् ।

पर्वतको बिहादी गाउँपालिका-६ शालिग्रामबाट सेतीबेनीमा कालीगण्डकी नदीमा नुहाउन गएकी २५ वर्षीया रितु भट्टराईको मृत्यु भएको हो । कालीगण्डकी स्नान गर्न गएका एकै परिवारका चार जनामध्ये चार वर्षीय बालकलाई नदीले बगाएपछि उद्धार गर्न जाँदा आमा रितुलाई पनि बगाएको थियो ।

दुवैजनालाई उद्धारगरी कालीगण्डकी अस्पताल मिर्मिमा पुर्‍याउने वित्तिकै आमाको मृत्यु भएको हो भने चार वर्षीया बालक रियान भट्टराईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घाइते बालकलाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ । नुहाउन गएका बच्चाका बुवा र मृतककी बहिनी भने सकुसल रहेको प्रहरीले जनाएको छ ।

symbolic image