इजरायलको अवस्था तनावपूर्ण बन्दै गएपछि जापानी नागरिकको उद्दार

इजरायलको अवस्था तनावपूर्ण बन्दै गएपछि जापानी नागरिकको उद्दार


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

इजरायलको अवस्था तनावपूर्ण बन्दै गएपछि जापानी आत्मरक्षा बलको विमानले ४६ जनालाई इजरायलबाट उद्दार गरेर स्वदेश पुऱ्याएको छ । उद्दार गरिएकाहरुलाई लिएर विमान शुक्रबार बिहान टोकियोको हानेडा विमानस्थलमा आइपुगेको थियो ।

इजरायली सेना र हमासबीच युद्ध सुरु भएयता एसडीएफले यस प्रकारको उद्दार गरेको यो दोस्रो पटक हो । यो हप्ताको सुरुमा, जापानी सरकारले इजरायलमा रहेका जापानी र अन्य नागरिकहरूलाई यदि उनीहरू देश छोड्न चाहन्छन् भने सम्पर्क गर्न भनेको थियो ।

यो क्षेत्र तनावपूर्ण बन्दै गएको र जापानका लागि सिधा व्यावसायिक एयरलाइन्सको उडान तालिका अवरुद्ध हुँदा सरकारले उद्दार उडान गरेको हो ।

जापानको रक्षा र विदेश मन्त्रालयका अधिकारीहरूले २० जापानी नागरिक, १५ दक्षिण कोरियाली, चार भियतनामी नागरिक र ताइवानका एक व्यक्तिले इजरायल छोड्न चाहेकोमा उद्दार गरेको बताएका छन् ।

विमानमा सवार ४६ जनामा विदेशमा दर्ता भएका आफ्ना ६ जना परिवारका सदस्यहरू पनि छन् । इजरायल र प्यालेस्टाइन क्षेत्रमा करिब ८०० जापानी नागरिक रहेको जापानी विदेश मन्त्रालयले जनाएको छ ।

जापानको रक्षा मन्त्रालयले भविष्यमा थप जापानीको उद्दारका लागि जोर्डनमा तयारी अवस्थामा आत्मरक्षा बलको दुईवटा बिमान राखिएको बताएको छ ।