भुकम्पपीडितका लागि दश करोडको सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा

भुकम्पपीडितका लागि दश करोडको सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा


चीनले जाजरकोट भूकम्पपीडितका लागि रु १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा उक्त रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

त्रिपाल, कम्बललगायत राहत सामग्री चीनबाट नेपालतर्फ पठाइएको र केही दिनभित्रै ती सामग्री नेपाल सरकारमार्फत पीडितलाई प्रदान गरिने जनाइएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको थियो । हालसम्म जाजरकोट र रुकुम पश्चिममा जम्मा १ सय ५७ जनाको ज्यान गएको छ भने घाइतेको संख्या २ सय नाघेको छ ।

file photo