आजको पञ्चाङ्ग एवम् राशिफल (२२ कात्तिक २०८० बुधबार, ८ नोभेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ कात्तिक २०८० बुधबार, ८ नोभेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक २२ गते तद्अनुसार सन् २०२३ नोभेम्बर ८ तारिख बुधबार कार्तिक कृष्णपक्षको दशमी तिथि ७ः५८ पर एकादशी तिथि पूर्वाफाल्गुणी नक्षत्र ऐन्द्र योग बब करण आनन्दादिमा स्थिर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२० मा भयो र सूर्यास्त सांझ १७ः१४ बजे हुनेछ ।

आजको राशिफल

मेष – रोकिएका घरेलु कामकाज बिस्तारै बन्ने समय छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । दोधारको अवस्था सिर्जना हुनसक्छ, तथापि पारिवारिक सहयोग प्राप्त हुनेछ । प्रेमपात्रसित भेटघाट हुने योग छ, प्रेमभाव बढ्नेछ । स्वास्थ्य अलिक कमजोर भएको अनुभूति हुनसक्छ, आफ्नो ख्याल गर्नुहोस् । रोकिएको काममा सफलता मिल्नेछ ।

वृष – व्यस्तता बढ्नेछ । नयाँ कामको प्रस्ताव आउने समय छ, सहयोगीहरू भेटिनेछन् । धन आर्जन होला । भौतिक साधनको खराबीले कार्यमा व्यवधान पुग्न सक्छ, सावधान रहनुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । बोलीको विपरीत अर्थ लाग्नसक्ने समय छ, व्यवहारमा संयमता अपनाउनुहोला । रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – पराक्रम र प्रभाव बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुने समय छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउला । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट – रचनात्मक काम सुरु गर्ने समय छ । पढाइलेखाइमा प्रगति हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । कर्मबल बढ्नेछ । रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । तर, काममा आलस्यता र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । हासविलासमा आकर्षण रहनेछ । कलात्मक काममा सफलता मिल्ला ।

कन्या – सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ, यसका बाबजुद जटिल काम सम्पादन हुनाले उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ भने अध्ययनमा प्रगति हुनेछ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने योग छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आय वृद्धि हुने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । तामसिक काममा आकर्षण बढ्नेछ । आरोग्यता रहला ।

वृश्चिक – रोकिएको काम बन्ने समय छ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित होला । सामर्थ्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

धनु – सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । ठगीमा परिने समय छ, आर्थिक कारोबार गर्दा विशेष सजगता अपनाउनुहोला । रसरागात्मक काममा आकर्षण बढ्नेछ । सुख-सुविधाको वस्तु खरिदमा खर्च होला ।

मकर – व्यस्तता वृद्धि भएपनि आजको दिन बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष सुदृढ बन्ला । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ । इष्टमित्र तपाईंको पक्षमा रहलान् । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – दिन शुभदायी छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिने समय छ । मनोरञ्जनपूर्ण रुपले दिन बित्ला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति होला । आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । दामपत्यसुख बढ्नेछ । आरोग्यता रहला ।

मीन – अनावश्यक दौडधुपमा समय बित्न सक्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । आजको दिन अनावश्यक यात्राबाट जोगिनु हितकर हुनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ भने रोकिएको काम बन्नेछ । वार्तामा सफलता र समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त होला ।