इनास चेक गणतन्त्रद्वारा दशैं-तिहार धमाका : ‘देउसी-भैलो २०८० सम्पन्न’

इनास चेक गणतन्त्रद्वारा दशैं-तिहार धमाका : ‘देउसी-भैलो २०८० सम्पन्न’


अन्तराष्ट्रिय कलाकार समाज ( इनास ) चेक गणतन्त्रद्वारा गत आइतबार राजधानी शहर प्रागमा दशैँ तिहारको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा नेपाली खाना, नेपाली साँस्कृतिक नृत्यसंगै बिबिध कार्यक्रम गरी विभिन्न पेशा, ब्यबसाय र अध्यनको सिलसिलामा नेपालबाट चेक गणतन्त्रमा आई बसोबास गरिरहेका गैरआबासीय नेपाली दाजुभाई दिदीबहिनीहरुलाई मनोरञ्जन गरायो।

प्रमुख आयोजक ईनास चेक गणतन्त्रले आधिकारिकता पाएको २ हप्ताको अन्तरालमै आयोजना गरिएको सो कार्यक्रममा इनास चेक गणतन्त्रका अध्यक्ष इन्जिनियर गिरीस कँडेलको संयोजनमा गरिएको थियो भने गैरआबासीय नेपाली सङ्घ चेक र पिल्जेन समाज चेकको सहकार्य रहेको थियो।

दशैं तिहार धमाका नाम दिएर आयोजना गरिएको कार्यक्रममा झण्डै दश गायन , आठ नृत्य लगायत साहित्य बिशेष लाइ पनि समाबेश गरिएको थियो भने प्रमुख आकर्षण देउसी र भैलोको देखिन्थ्यो।

बिबिध नेपाली खानाको परिकार लाइ समेटिएको सो कार्यक्रममा चेक निवासी करिब दुइ सय नेपाली व्यक्तित्वहरु सहभागी रहेको आयोजकले जनाएको छ।