प्रधानमन्त्री प्रचण्ड रुकुमपूर्व जाने भएका छन् । पार्टीको प्रशिक्षण तथा जनसभालाई सम्बोधन गर्न पुथाउत्तर गङ्गा गाउँपालिका–१ मैकोटमा उनी जान लागेका हुन् ।
कार्यक्रमको लागि केन्द्रीय नेताहरू, प्रदेशका नेता र जिल्ला तहका नेताहरू मैकोट पुगिसकेका छन् ।प्रशिक्षण कार्यक्रममा जिल्लाका अगुवा नेता कार्यकर्ता सहभागी हुने र स्थायी समिति र केन्द्रीय सदस्यहरूले प्रशिक्षण दिने विशेष अभियानको रुकुमपूर्व जिल्ला इन्चार्ज एवं स्थायी समिति सदस्य कमला रोकाले बताइन् ।
पार्टीको विशेष अभियानअन्तरगत १२ जिल्लामा प्रशिक्षण चलिरहेको छ । सम्भव भएसम्म ती जिल्लाहरूमा अध्यक्ष प्रचण्डलाई सम्बोधनको लागि बोलाउने प्रदेश पार्टीले पहल गरिरहेको जनाएको छ । माओवादी केन्द्रको आधार इलाकासमेत रहेको रुकुम, रोल्पा जिल्लालाई अध्यक्ष प्रचण्डले प्राथमिकता दिँदै आएका छन् ।
प्रतिक्रिया