सर्लाहीबाट निर्वाचित स्वतन्त्र सांसद डा. अम्रेश कुमार सिंहमाथि आक्रमणको प्रयास भएको छ । सांसद सिंहलाई उनकै गृहजिल्लामा मङ्गलबार (मङ्सिर ५ गते) आक्रमणको प्रयास भएको सिंहको सचिवालयले जनाएको छ ।
प्राप्त जानकारीअनुसार सांसद अम्रेश सिंह आफ्नो जिल्लाको धनकौल नामक स्थानको सेकैना पुगेका थिए । त्यहाँ यात्रारत सिंहलाई बा. १७ च ९६३२ नम्बरको कारमा आएका ६ जना ब्यक्तिले अश्लील गाली गर्दै बाटो छेक्ने र गाडीलाई ठक्कर दिएर दुर्घटना गराइदिने प्रयास गरेका थिए । उक्त कार्यको नेतृत्व सुधीर सिंह उर्फ मुन्ना नामक ब्यक्तिले गरेका थिए । निज मुन्ना नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका सभापति सुरेन्द्र सिंहका छोरा भएको बुझिएको छ । सर्लाहीको राजनीतिमा माननीय अम्रेश र सुरेन्द्रबीच लामो समयदेखि मनमुटाव रहँदै आएको बुझिन्छ ।
अन्य समयमा सूरक्षाकर्मीहरू समेत साथमा रहने भएकोले उनिहरूले अम्रेशमाथि हमला गर्ने आँट गरिरहेका थिएनन् । केही दिनअघि मात्र शेरबहादुर देउवा र प्रचण्डको सल्लाहअनुरुप गृह मन्त्रालयसँगको परामर्शबिना नै अम्रेशको अङ्गरक्षक हटाइदिएपछि उनीमाथि आक्रमण प्रयास भएको हो ।
भनिन्छ, अम्रेशमाथि आक्रमण गराउने उद्देश्यले नै उनको सूरक्षाकर्मी हटाउने कार्य प्रचण्ड र देउवाले गरेका थिए । माननीय अम्रेशले केही समयदेखि भ्रष्टाचार र भ्रष्टाचारीविरूद्ध बुलन्द आवाज उठाउँदै आएका छन् र, उनको प्रस्तुतिबाट प्रचण्ड र देउवा परिवारले आहत महसूस गर्दै आएको छ ।
प्रतिक्रिया