प्रदेश सांसद सञ्जिलाकुमारीले लिइन् सपथ

प्रदेश सांसद सञ्जिलाकुमारीले लिइन् सपथ


मधेस प्रदेशसभा सदस्य सञ्जिलाकुमारी यादवले सपथ लिएकी छन् । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले बुधबार यादवलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रिक्त स्थानका लागि निर्वाचन आयोगले सिरहा निवासी यादवलाई निर्वाचित गरेको थियो ।

यादव जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य एवम् समाजवादी महिला संघ मधेस प्रदेश समितिकी अध्यक्ष समेत हुन् ।