प्रसाईंका समर्थकमाथि भएको धरपकडप्रति राप्रपा अध्यक्षको आपत्ति

प्रसाईंका समर्थकमाथि भएको धरपकडप्रति राप्रपा अध्यक्षको आपत्ति


मेडिकल ब्यावसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलनमा सहभागीमाथि भएको प्रहरी धरपकडको विरोध भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज भइरहेका प्रहरी धरपकडप्रति आपत्ति जनाएका छन् ।

‘शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरित आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घटनाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन्,’ अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘धरपकड र कुनैपनि प्रकारको दमनले समस्याको समाधान निस्कँदैन, सरकारले आफुलाई तत्काल सच्याओस् ।’

हिजोदेखि प्रसाईंले ‘ब्यवस्थाविरोधि’ आन्दोलनको सुरुवात गरेका छन् ।

तीनकुनेमा आज हुने भनिएको कार्यक्रममा सरकारले अवरोध गरेको छ । हालसम्म सो कार्यक्रममा सहभागी हुन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गसिकेको छ भने प्रसाई स्वयं भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका छन् ।