दुर्गा प्रसाईंसमर्थकको आन्दोलन आज पनि जारी रहने

दुर्गा प्रसाईंसमर्थकको आन्दोलन आज पनि जारी रहने


मेडिकल व्यवसायीदुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’को समर्थनमा आज शनिबार पनि आन्दोलन हुने भएको छ । आज काठमाडौंको सिफललाई केन्द्र बनाएर आन्दोल गर्ने समूहका एक सदस्य बताए ।

प्रसाईंलाई भक्तपुर प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन भने उनले घरको बिजुली पनि काटिदिएको बताएका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनमा अभियानका तीन दर्जनबढी व्यक्ति पक्राउ परेका थिए ।

प्रसाईंलाई घरबाट बाहिर निस्कन नदिएकोलाई नजरबन्दमा राखिएको अभियानको दाबी छ । तर, भक्तपुर प्रहरीले उनको सुरक्षाका लागि प्रहरी परिचालन भएको जनाएको छ ।