गैरआवासीय नेपाली संघको केन्द्रिय कार्यालय केसी समुहको मात्र नभएर ८० लाख गैरआवासीयको घर हो : अध्यक्ष शर्मा

गैरआवासीय नेपाली संघको केन्द्रिय कार्यालय केसी समुहको मात्र नभएर ८० लाख गैरआवासीयको घर हो : अध्यक्ष शर्मा


गत महिना सम्पन्न भएको भनिएको बिबादित ११ औ महाधिबेशन पश्चात गैरआवासीय नेपाली संघ पूर्ण रुपमा २ टुक्रामा विभाजित छ। यो भन्दा अगाडी को विवादमा पूर्व अध्यक्ष समेत रहेका शेष घले समुहले छुट्टै संघ गठन गरेर आज सम्म आफ्नो अस्तित्व रहेको जनाइरहेको छ।

११ औ महाधिबेशन पश्चात डा. बद्रि केसीले नेतृत्व गरेको समुहले आफुलाई निर्बाचित भएको भनेर सचिबालय र कोष समेत आफ्नो हातमा लिएर बसेको छ भने। निर्बाचनको मत परिणाम घोषणा हुदा काठमाण्डौको मतमा संघका तत्कालिन महासचिब समेत रहेका डा केशब पौडेलको सुन्य मत देखिए संगै जारी विवाद आजसम्म कायम छ।

यसै बीच आज गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिको राजेन्द्रकुमार (आरके ) शर्मा ले नेतृत्व गरेको समूहले राजधानी काठमाण्डौमा आज एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो।  जसको प्रमुख उदेश्य पछिल्लो समयमा बिकशित भएको घटनाक्रमका बिषयमा जानाकारी  दिनु थियो भने शर्मा नेतृत्वको कार्यसमितिले  गर्ने आगामी गतिबिधिहरुलाई आम गैरआबासीय हरुलाई जनाकारी दिने उदेश्य राखिएको थियो। 

प्रतक्ष रुपमा राजधानीको अनामनगरमा आयोजना गरिएको कार्यक्रम लाइ जुम मार्फत विश्वभर रहेका गैरआवासीय नेपालीहरु सहभागी हुने ब्यबस्था गरिएको थियो। 

आजको पत्रकार सम्मेलन गरिनुको प्रमुख कारण आजसम्म भएका गतिबिधिमा प्रकाश र नेपाल सरकार अन्तर्गत रहेको साइबर ब्युरो बाट आएको नतिजाले  निर्बाचनमा प्रस्ट  मेनुपेलेशन भएको देखाएको तर उक्त प्रतिबेदन अझै सम्म हात पर्न नसकिरहेको , यसरी प्रस्ट संग चुनाबमा गडबडी भएको छ भनेर भनिदै गर्दा उक्त निर्बाचन परिणाम लाइ मान्न नसकिने भन्ने थियो।  आफ्नो भनाईको क्रममा शर्माले  गैरआबासीय नेपाली संघ र यसको सचिबालय कुनै एक व्यक्ति या समुहको मात्र नभएर ८० लाख नेपालीको साझा  घर  भएको , निर्बाचन एक  प्रक्रिया रहेको  , निर्बाचन जस्तो प्रक्रिया प्रस्ट हुनु त कता कता प्रस्ट धाधली देखिदा यसबाट आएको परिणाम मान्न नसकिएको कारण आफु संघको दिर्घकालिन आबश्यकताको निम्ति  गलत लाइ गलत मात्र भनि चुप लागेर सम्पूर्ण कुरा  हेरेर बस्न मात्र नसकेको प्रस्ट पार्नुभयो। अध्यक्ष शर्माले अहिले देखिएको लडाई कुनै एक  व्यक्ति बिशेष केन्द्रित  नभएको  तर  संस्थागत भएको , निर्बाचन जस्तो संबेदनशील बिषयमा येतिका त्रुटिहरु बाहिर आउदा यसलाई स्वीकार गरेर छलफलमा आउनुको सट्टा संघ कब्जा गरेर सदैब बसिरहन्छु भन्ने खालको  सोच  बिरुद्द रहेको , र यस्ता सोचहरुको बिरुद्दमा   अन्तिम समय सम्म पनी  लडिरहने आफ्नो धारणा ब्यक्त गर्नुभयो  साथै अबको समाधान भनेको पुन: निर्बाचनको भएको पनि बताउनुभयो। 

संघका पूर्व सचिब र बर्तमान  समानान्तर कार्यसमितिका उपादक्ष समेत रहेका गङ्गाघर गौतमले , संघको निर्बाचन दौरान डा केसीको कारण उपस्थित परिस्थितिको जिम्मेवार स्वयम् डा केसी रहेको र निर्बाचन दौरान खर्च भएको सम्पूर्ण खर्चको अशुल उपर डा केसी बाट गरिनेछ भन्ने धारणा राख्दै , सहमति र एकताको लागि उहाले  आजसम्म गरि आएका मेहेनेत र त्याग लाइ अबमुल्यन गरिएको समेत बताउदै संघको बृहतर  एकता नै संघको भबिष्य रहेको जिकिर  गर्नुभयो। 

औपचारिक पत्रकार सम्मेलनको समाप्ति पश्चात गौतम लाइ  घटना र विचारले  प्रश्न राखेको थियो जसमा पहिलो प्रश्न : समानान्तर समितिका अध्यक्ष बद्रि केसी समूह जस्तै तपाईहरु अब सचिबालयमा गएर कब्जा गर्ने प्रयत्न हुन्छ कि हुदैन ?  अब तपाई हरुको आगामी बाटो के हुनेछ ?  हाम्रो प्रश्नको उत्तर दिदै गौतमले अगाडी भने : हामी कानुनि शाशन भएको मुलुकमा छौ , जे बिषयहरुमा बिबाद छ  ति बिषयहरु लाइ हामीले प्रक्रियामा गएर हाम्रो संघ दर्ता भएको निकाय पररास्ट्र मन्त्रालय लाइ आधिकारिक जानाकारी गराइसकेका छौ।  हामी परराष्ट्र मन्त्रालयले दिने  बैधानिक प्रतिक्रियाको पर्खाइमा छौ।  यो भन्दै गर्दा हामीले परराष्ट्रमा  कुनै दबाब सिर्जना गरेका छैनौ।  उहाहरुले प्रहरी रिपोर्टलाई र आज सम्म निर्बाचन प्रक्रियाका दौरान  सम्पादन गरेका कार्यलाई लिएर स्पस्ट अनुशन्धान गर्न सक्नु हुन्छ भनेका छौ।  र अर्को कुरा गैरआबासीय नेपाली  संघ यो पटक अझै सम्म पुन : दर्ता प्रक्रियामा छैन , भोलीका दिनमा  संघको बिबाद चरम हुदा कतै नेपाल सरकारले यसलाई खारेज गर्छ कि भन्ने मा हामि चिन्तित छौ , तर हाम्रो खुशी भनेको संघ सबैको सदैब रहिरहोस भन्ने हो। संघमा पारदर्शिता होस् र बिबाद त्यति नबढोस जसको कारण संघको दर्ता नै खारेज होस्।  त्यसमा हामि चिन्तित छौ। 

दोश्रो प्रश्नको उत्तर दिदै गौतम भन्छन : अबको बाटो नेपाल सरकारले एक उच्च स्तरीय समिति गठन गरेर अहिले सम्म भएका गडबडीमा छानबिन गर्दै दोषी बाट संघमा भएको अरबौको आर्थिक क्ष्यति लाइ अशुलउपर गरि संघलाई  पुन: निर्बाचनको बाटोमा लगेर यसलाई  बचाउनु नै आजको आबश्यकता हो। 

पत्रकार सम्मेलनमा  विश्वभरका एनसीसीमा कार्यरत पदाधिकारीहरु  साथै पत्रकारहरुको बाक्लो  उपस्थिति थियो , कार्यक्रम  सङ्घका  महासचिब बुद्दि सुबेदीले संचालन गर्नुभएको थियो।