अमेरिकी सैन्य विमान जापानमा दुर्घटनाग्रस्त

अमेरिकी सैन्य विमान जापानमा दुर्घटनाग्रस्त


  • विशेष प्रतिनिधि, जापान

अमेरिकी सेनाको सैन्य यातायात विमान ओस्प्रे दक्षिणपश्चिम जापानको कागोशिमा प्रान्तको पानीमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

विमान याकुसिमा टापुमा जापानी समयानुसार बुधबार दिउँसो २ः४७ मा दुर्घटनाग्रस्त भएको जापानी तटरक्षक अधिकारीहरूलाई जानकारी प्राप्त भएको एनएचकेले जनाएको छ।

उक्त सैन्य ओस्प्रे विमानले आठ जनालाई बोकेको थियो, तर तिनीहरूको सुरक्षाको बारेमा अहिलेसम्म कुनै जानकारी उपलब्ध नभएको जनाइएको छ।

अहिले जापान कोस्ट गार्डले गस्ती डुङ्गा र विमानहरू पठाएर खोजी तथा आवश्यक कार्यहरु अघि बढाइरहेको छ ।

मौसम अधिकारीका अनुसार याकुसिमा क्षेत्रको आकाश आजको दिन प्रायः सफा थियो र दिउँसो हावाको गति ६.८४ किलोमिटर प्रतिघण्टा थियो । त्यस समयमा कुनै सल्लाह वा चेतावनी जारी गरिएको थिएन।

यसबारे थप विवरण आउने क्रममै रहेको बताइएको छ।