भारतीय क्रिकेटका प्रशिक्षक द्रविडसँग सम्झौता नवीकरण

भारतीय क्रिकेटका प्रशिक्षक द्रविडसँग सम्झौता नवीकरण


राहुल द्रविड भारतीय राष्ट्रिय टिमको प्रशिक्षक रहिरहने भएका छन् । २०२१ को नोभेम्बरमा दुई बर्षका लागि भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बनेका द्रविडको यही नोभेम्बरमा प्रशिक्षकको रुपमा कार्यकाल सकिँदै थियो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले द्रविडको सम्झौताको अवधि नवीकरण गरिएको जानकारी दिएको छ । तर, कहिलेसम्म उनी प्रशिक्षक रहन्छन् भन्ने स्पष्ट गरेको छैन । रिपोर्टका अनुसार आगामी जुनमा हुने टी-२० विश्वकपसम्म टिमको प्रशिक्षकको रुपमा काम गरिरहने गरि सम्झौता भएको छ ।

यसअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आशिष नेहरालाई टी-२० विश्वकपका लागि प्रशिक्षक बन्न गरेको आग्रहलाई उनले अस्वीकार गरेको बताइएको छ । नेहराले अस्वीकार गरेपछि बोर्डले टी-२० विश्वकपसम्म द्रविडलाई नै निरन्तरता दिन आग्रह गरेको र द्रविडले पनि टी-२० विश्वकपसम्म प्रशिक्षक बनिरहन स्वीकार गरेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार द्रविडपछि अब पूर्व क्रिकेट भिभिएस लक्ष्मण प्रशिक्षक बन्ने सम्भावना रहेको छ ।