बागमतीलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कपको फाइनलमा

बागमतीलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कपको फाइनलमा


त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

बागमतीले दिएको १२८ रनको लक्ष्य पछाएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

यसअघि बागमतीले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

केपी ओली टी-२० को अर्को सेमिफाइनलमा आजै एपीएफ र मधेश प्रदेशबीच खेल हुँदैछ ।