युरोकप २०२४ को ‘ड्र’, कुन देश कुन समुहमा परे ?

युरोकप २०२४ को ‘ड्र’, कुन देश कुन समुहमा परे ?


युरोकप २०२४ मा हुने युरो कपको समुहको ‘ड्र’ गरिएको छ । युरोकप २०२४ को जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुँदैछ ।

गएराति गरिएको ‘ड्र’मा स्पेन, इटाली र क्रोसिया एकै समुहमा परेका छन् । समुह ‘बी’लाई यस युरोको ग्रुप अफ डेथ भनिएको छ ।

त्यस्तै, फ्रान्स र नेदरल्याण्डस् पनि एकै समुह ‘डी’मा परेका छन् ।

युरोपका २४ देशले भाग लिने युरोकपमा अझै तीन देश प्लेअफबाट छानिन बाँकी रहेको छ ।

अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्स, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, गार्जिया, ग्रीस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन् ।

प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको बरियताअनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ । प्लेअफका खेल आगामी मार्चमा हुनेछन् ।

समुह ‘ए’

जर्मनी, स्कटल्याण्ड, हंगेरी र स्वीजरल्याण्ड

समुह ‘बी’

स्पेन, इटाली, क्रोसिया र अल्बानिया

समुह ‘सी’

स्लोभेनिया, डेनमार्क, सर्बिया र इङल्याण्ड

समुह ‘डी’

फ्रान्स, अस्ट्रिया, नेदरल्याण्डस र प्लेअफ ए विजेता (पोल्याण्ड, वेल्स, फिनल्याण्ड र इस्टोनिया)

समुह ‘ई’

बेल्जियम, स्लोभाकिया, रोमानिया र प्लेअफ बी विजेता (इजरायल, बोसनिया, युक्रेन र आइसल्याण्ड)

समुह ‘एफ’

पोर्चुगल, टर्की, चेक रिपब्लिक र प्लेस सी विजेता (ग्रीस, जर्जिया, काजकिस्तान र लक्जेम्बर्ग)