डलरमा किनेको शान्ति !

डलरमा किनेको शान्ति !


✍ राजेन्द्र पाठक

बुद्धको शान्ति हामीभित्रै विद्यमान छ ।
हामीलाई डलरमा शान्ति किन्नु पर्दैन ।।
किनेको मुर्दाशान्तिले काम पनि गर्दैन ।
पङ्चर भएको पाङ्ग्रा अगाडि सर्दैन ।।

चर्चमा कसम खाने दशैँमा टीका थाप्ने ।
आफु बिँडो थाम्न सामन्तलाई सराप्ने ।।
न्याय माग्नेलाई राज्य आफै दपेट्ने ।
देश दोहन गरी आम्दानी स्वयं लपेट्ने ।।

अन्यायको व्यापार न्यायमुर्तिले नै गर्छ ।
अन्यायमा पर्नेले अब कसको भर पर्छ ।।
पुलिसले गरिब पीडितलाई बुट बजार्छ ।
अन्यायी अत्याचारीको जुत्ता सम्हाल्छ ।।

नेता भोट दिने सङ्ख्या मात्रै गन्ती गर्छ ।
एक्लै बाँचेकालाई कसले वास्ता गर्छ ।।
अहिले जोसुकै फाइदाको पछि लाग्छ ।
यस्तै अकर्मण्यताले शान्ति पर भाग्छ ।।