बोरामा भेटिएका शवको पहिचान नभएपछि चितवन प्रहरीद्वारा स्केच जारी

बोरामा भेटिएका शवको पहिचान नभएपछि चितवन प्रहरीद्वारा स्केच जारी


साता दिन नाघिसक्दा पनि सनाखत हुन नसके पछि चितवन प्रहरीले दुई मृतकको स्केच सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर–१२ मिलनचोकमा बोराभित्र मृत अवस्थामा फेला परेका महिला र पुरूषको स्केच तस्बिर सार्वजनिक गरेको हो ।

यही मंसिर ६ गते भरतपुर महानगरपालिका वडा-१२ मिलनचोक स्थित पूर्व पश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल बसपार्क सडक खण्डको केरुङगा घोल खोलाको कल्भर्टमुनि जुटको बोराभित्र शंकास्पद रुपमा दुई शव फेला परेको थियो । अन्दाजी २४/२५ वर्ष उमेर देखिने ५ फिट ७ इन्च उचाइ भएको पुरुष र सोही स्थानमा ३०/३१ बर्षकी ५ फिट ३ इन्च उचाइ भएकी महिलाको शव सडेगलेको अवस्थामा फेला परेको थियो ।

सो शव फेला पारेपछि ७७ वटै जिल्ला प्रहरी कार्यालय लगायत सिमावर्ती भारतिय इलाकाहरुमा समेत हुलिया परिपत्र गर्दा हालसम्म मृतकहरुको सनाखत तथा पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको हो ।