✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ आषाढ २७ गते तद्अनुसार सन् २०२६ जुलाई ११ तारिख शनिबार आषाढ कृष्णपक्षको द्वादशी तिथि कृतिका नक्षत्र ८ः३४ पर रोहिणी नक्षत्र वृद्धि योग गर करण आनन्दादिमा ध्वज योग चन्द्रमा बृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१७ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ । विश्व जनसंख्या दिवस, वैष्णवहरुको योगिनी एकादशी व्रत ।
आजको राशिफल
मेष – आजको दिन अनावश्यक रुपम मनमा डरको भाव पैदा हुनसक्छ । कसैसँग हल्का मनमुटाव पनि होला, सतर्क रहनु हितकर हुनेछ । विचारको तरङ्ग बढ्ने र समयमा निर्णय नहुँदा काममा अवरोध आउनसक्ने देखिन्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना रहेकोले खानपानमा सावधानी अपनाउनुहोला । बौद्धिक काममा विशेष सफलता मिल्नेछ ।
वृष – अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । मान–सम्मानमा वृद्धि हुने योग छ । आँट–पराक्रम बढ्नेछ । शत्रुपक्ष परास्त हुने देखिन्छ । मिठो भोजन प्राप्त होला ।
मिथुन – कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवादको अवस्था रहने देखिन्छ । कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । आहारविहारमा आज विशेष सतर्क रहनु हितकर हुनेछ । बौद्धिक काममा विशेष सफलता मिल्नेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ ।
कर्कट – दिन केही चुनौतीयुक्त रहनसक्छ । अल्छीपनले सताउला । स्वास्थ्य कमजोर रहनाले काममा जाँगर नचल्न सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु हितकर हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने योग छ । यात्रागत कार्यमा भने सफलता मिल्ने देखिन्छ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।
सिंह – विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । आजको दिन कुनै नयाँ कामको थालनी गर्नु राम्रो हुनेछ । काममा जाँगर चल्नाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ । दाम्पत्यसुख मिल्नेछ । साझेदारीको काममा अनुकूलता वृद्धिले उल्लास छाउला । मित्रजनसँग आमोदप्रमोदमा रम्ने अवसर जुर्ने देखिन्छ ।
कन्या – शुभदायी दिन छ । नचिताएको ठाउँबाट आम्दानी हुने तथा आम्दानीका बाटाहरु खुल्ने समय छ । ब्यापार ब्यवसाय फष्टाउला । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । खर्च भने केही बढ्न सक्छ । रसरागमा आकर्षण रहला । दाम्पत्यसुख बढ्नेछ ।
तुला – बिग्रन लागेको काम पनि अथक प्रयासमा बन्ने समय छ । समस्यामा आफन्तको सहयोग प्राप्त हुनेछ । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहला । बिहानीपखको उल्लास साँझसम्म कायम नरहन सक्छ, ध्यान राख्नुहोला । तथापि, सामथ्र्य वृद्धिका कारण कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक – परिश्रमअनुसार राम्रै उपलब्धि मिल्ने समय छ । रोकिएका काम फेरि सुरु हुन सक्छन् । बुद्धि–विवेकको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आत्मीय मित्रजनसँग भेटघाट हुनसक्छ । आरोग्यबल वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला ।
धनु – आजको दिन चिताएको काममा सफलता पाइने एवम् धनलाभ हुने देखिन्छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने समय छ । महत्वपूर्ण कार्यमा कसैबाट साथ–समर्थन पाइएला । शुभता बढेर रोकिएको काम बन्नेछ । परिवारबाट सुखको अनुभुति पनि मिल्ला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ ।
मकर – स्वास्थ्यगत रूपले केही कमजोरी महसूस भएपनि समाजिक सम्मान मिल्ने समय छ । आज रमाइलो यात्राको योग पनि रहेको छ । अनौठो तरिकाबाट रुपैयाँपैसा आर्जन होला । कर्मबल वृद्धिका साथै आश मारेको काम बन्न सक्ने देखिन्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
कुम्भ – सोचेका काम पुरा भइ सुखको अनुभव हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद रहला । परोपकार तथा धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । रुपैयाँपैसाको राम्रै कारोबार हुने देखिन्छ । कृषिकार्यबाट पनि फाइदा लिन सकिनेछ । व्यस्तता बढेपनि साथीभाइको सहयोगले सुखदानुभूति दिलाउनेछ ।
मीन – आजको दिन आर्थिक पक्ष खासै राम्रो छैन । बेकामको क्षेत्रमा पैसा खर्च हुनसक्ने समय छ । स्वास्थ्यगत समस्याले पनि केही सताउनसक्ने हुँदा विशेष सावधान रहनु उचित होला । भौतिक सरसामनको पनि क्षति हुने सम्भावना छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । शत्रुपक्ष भने कमजोर रहनेछ । चुनौतीका बाबजुद आफ्नो दायित्व पूरा गर्नुहुनेछ ।
प्रतिक्रिया