- सुरेन्द्र सुवेदी, काठमाडौं
रुसी सेनामा संलग्न ६ जना नेपाली युवाको लडाइँको क्रममा मृत्यु भएको छ । रुस र युक्रेन युद्धमा उनीहरुको मृत्यु भएको हो ।
परराष्ट्र मन्त्रालयका सहप्रवक्ता उपसचिव ऋषिराज आचार्यका अनुसार मृत्यु भएकाहरुको शव यथासक्य छिटो नेपाल ल्याउन पहल भइरहको छ । र, मन्त्रालयले रुस सरकारसित आवश्यक राहत पनि माग गरेको छ ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ६ जना नेपाली युवाको मृत्यु भएको पुुष्टि गरेको हो ।
मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार-५ का प्रितम कार्की, इलाम-५ का गंगाराज मोक्तान, मेलुङ गाँउपालिका-६, दोलखाका राजकुमार कार्की, बाणगंगा-१, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई र गोरखाका सन्दीप थपलिया रहेका छन् ।
सहप्रवक्ता आचार्यका अनुसार मृतकको शव नेपाल पठाउन र आवश्यक क्षतिपूर्ति दिन रुस सरकारसँग परराष्ट्र मन्त्रालयले माग गरेको छ ।
ज्ञातव्य छ, नेपालबाट बिचौलियाको माध्यमले मानवतस्करी भइ ती युवा रुससम्म पुगेका हुन् । युरोप प्रवेश गराएर मानवतस्करले युद्धग्रस्त देशमा नेपाली युवाहरू पुऱ्याउने गरेको प्रहरीको मानव बेचबिखन ब्युरोका एसपी कृष्णप्रसाद पंगेनीले घटना र विचारलाई बताए ।
Representative image: google
प्रतिक्रिया