पुर्जी जारीको विरोधमा विप्लव समूहले गर्‍यो आन्दोलनको घोषणा

पुर्जी जारीको विरोधमा विप्लव समूहले गर्‍यो आन्दोलनको घोषणा


नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले आन्दोलनको घोषणा गरेको छ । पार्टीले विज्ञप्ति जारी गर्दै नेताहरू महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’समेतलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेविरुद्ध आन्दोलनको घोषणा गरिएको जनाएको छ ।

पार्टी महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा पक्राउ पुर्जी जारी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको आरोप लगाइएको छ ।

विज्ञप्तिममा अदालतको उक्त निर्णयविरुद्ध आज साँझ देशव्यापी मसाल जुलुस प्रदर्शन, २० गते न्यायाधीशको पुत्ला दहन र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने उल्लेख छ ।

‘अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङ्घन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला पनि हो । राज्यको जिम्मेवार निकाय अदालतमा बसेकको न्यायधीसले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भत्सना गर्दछ । साथै यस्ता वितण्डाबादी कार्य रोक्न माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।