२९औँ ल्होसार साँझ मनाउने तयारीमा तमु धीं जापान

२९औँ ल्होसार साँझ मनाउने तयारीमा तमु धीं जापान


  • प्रमेश तमु, टोकियो (जापान)

तमु धीं जापानले नयाँ वर्ष तथा २९औँ ल्होसार साँझ ४ जनवरी २०२४ बिहीबार, ‘ओन्सी पार्क स्टेज उएनो’मा आयोजना गर्ने भएको छ ।

यस वर्षको ल्होसार बिरालो वर्गको बिदाइ र गिद्ध वर्गको स्वागत गर्दै शुभकामना आदानप्रदान गरी मनाइने ल्होसार तमु धीं जापानले जनाएको छ ।

कार्यक्रम ४ जनवरी २०२४ बिहीबारको दिन दिउँसो २ बजेबाट बेलुका ७ बजेसम्म हुनेछ ।

स्थानीय कलकारहरुबाट गुरुङ संस्कार र गुरुङ संस्कृतिका विभिन्न झाँकी, छ्याढु, घाँटुसहित २९औँ तमु ल्होसार मनाउन लागेको कार्यक्रम संयोजक तथा उपाध्यक्ष अनिला तमुले जानकारी दिइन् ।

तमु धीं जापानका अध्यक्ष रमेशकुमार तमुका अनुसार ल्होसार साँस्कृतिक साँझ सम्पन्न गर्न उपाध्यक्ष अनिला तमुको सयोजकत्वमा विभिन्न समितिहरु बनाइ तयारी शुरु भएको छ ।

जापानमा गुरुङ जातिको संस्कार र संस्कृतिलाई दोश्रो पुस्तासम्म लैजाने अभियान स्वरूप तमु धीं जापानले हरेक वर्ष ल्होसार, रोंधी साँझ जस्ता गुरुङ जातिको मौलिक पर्वहरु निरन्तर मनाउँदै आइरहेको छ । विगत केहि बर्षदेखि तमु धीं जापानले श्रष्ट सम्मान गर्दै आईरहेको क्रमलाई निरनतरता दिंदै यसपटक तमु हास्य कलकार बल बहादुर तमुलाई सम्मान गर्ने भएको छ । र, सम्मान ग्रहणको लागि तमु धीं जापानले बल बहादुर तमुलाई निमन्त्रण गरिसकेको महासचिव खेम तमुले जानकारी दिए ।

आउँदै गरेको तमुहरुको महान पर्व ल्होसारको अवसरमा तमुधींले आयोजना गरेको ल्होसार कार्यक्रममा सबैले बिदा मिलाइ उपस्थित भइदिन आयोजकले जापानवासी सबै तमु एवं गैर तमु नेपालीहरुमा तमु धीं जापानले निमन्त्रणा गरेको छ ।