गायिका पूर्णिमा लामा दुबईमा सम्मानित

गायिका पूर्णिमा लामा दुबईमा सम्मानित


गायिका पूर्णिमा लामा दुबईमा सम्मानित भएकी छन् ।

नेपाली राजदूतावास कार्यालय दुबईका द्वितीय सचिव भुपेन्द्र घिमिरेको प्रमुख आतिथ्य तथा रोयल मुभिज प्रा.लि.नेपाल र सिन्धुपाल्चोक सेवा समाज दुबईको सयुंक्त आयोजनामा सम्पन्न ५औँ ज्योति फिल्म्स म्युजिक अवार्ड २०८० समारोहमा गायिका लामा ‘ज्योती फिल्म्स संगीत रत्न’सम्मानद्वारा सम्मानित भएकी हुन् ।

गत १७ डिसेम्बरमा दुबईस्थित होटेल याक एन्ड यति एभरेस्ट ग्रान्ड एस्टोरिया होटेल वर दुबईमा भएको अवार्ड समारोहमा गायिका लामालाई ‘ज्योति फिल्म्स संगीत रत्न’ सम्मानद्वारा सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि भुपेन्द्र घिमिरेको हातबाट सम्मान पत्र प्रदान गरि चर्चित गायिका पूर्णिमा लामालाई सम्मान गरिएको थियो ।

नेपाली गीत संगीत क्षेत्रमा चम्किलो ताराको रूपमा आफ्नो स्थान जमाउन सफल भएको भन्दै गायिका लामाको तारिफ गरिएको थियो ।

‘फूल भनुँ जिन्दगीलाई’ जस्ता दर्जनौँ कर्णप्रिय गीत गाइसकेकी लामाले हालै मात्र ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ बोलको गीत सार्वजनिक गरेकी छन् ।