निर्मलाहरू

निर्मलाहरू


✍ राजेश ढुंगाना

झुल टाँगेर
मच्छडबाट सुरक्षा खोज्ने
महिलाहरू
तिम्रो कोठामा त
मान्छे पसेको छ
झुलले
बलात्कार रोक्न सक्तैन
झुलले
बलात्कार छेक्न सक्तैन !

दर्जनौँ निर्मला पन्तहरू
सुरक्षा निकायबाटै
बलात्कृत भइरहेछन्
छानबिन
कहिले, कति चरणमा
सकिने हो ?
प्रश्न पेचिलो छ
निर्मला !

के
तिमी र
तिमीहरू जस्ता सबैले
न्याय पाउँछौ ?
प्रश्न
देशलाई हो !