कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघ तेस्रो साता

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघ तेस्रो साता


नेपाल सितोरियो कराते सङ्घ, जिल्ला प्रमुख डोजो, लगनखेलको आयोजनामा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ । उक्त प्रतियोगिता आगामी माघ १८ गतेदेखि सातदोबाटोस्थित कराते हलमा हुने छ ।

प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) गरी १० टोलीका दुई सय १० खेलाडीको सहभागिता रहने आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिएका छन् । प्रत्येक टोलीले २१ खेलाडी सहभागी गराउन पाउनेछन् । एकल र टिम कातासहित पुरुषतर्फ नौ र महिलातर्फ आठ स्पर्धामा खेल हुनेछ ।

टिम च्याम्पियनले रु एक लाख तथा उपविजेताले रु ५० हजार तथा पुरुष/महिलातर्फ उत्कृष्ट हुने खेलाडीले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । आयोजक र गोदवारी नगरपालिकाबीच चार संस्करण प्रायोजन गर्ने पूर्व सहमति बमोजिम तेस्रो संस्करणका लागि पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आयोजकका अध्यक्ष श्रेष्ठ र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गरेको सम्झौता अनुसार मुख्य प्रायोजक गोदावरी नगरपालिकाले रु १५ लाख सहयोग गर्नेछ ।