कराँतेका दुई सय खेलाडी दीक्षित

कराँतेका दुई सय खेलाडी दीक्षित


चितवनमा बागमती प्रदेशस्तरीय सितोरियो कराँतेका दुई सय खेलाडी दीक्षित भएका छन् । भरतपुर कभर्ड हलमा प्रदेशका विभिन्न जिल्लाबाट सहभागी खेलाडीलाई नेपाल सितोरियो कराँते सङ्घ र नेपाल सितोरियो कराँते सङ्घ बागमती प्रदेशले दीक्षित गरेको हो ।

चार दिनसम्म चलेको कार्यक्रममा बागमती प्रदेशका १२ जिल्लाबाट खेलाडी सहभागी थिए । उनीहरुलाई चार दिनको प्रशिक्षणपछि बिहीबार (५ पुष) दीक्षित गरिएको हो । उनीहरुलाई खेलको नियम, आत्मरक्षासम्बन्धी प्रशिक्षण दिइएको सितोरियो कराँते सङ्घ बागमती प्रदेश अध्यक्ष गगन लामाले जानकारी दिए ।

खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक तुलसीकुमार महर्जनले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा सहभागी भएकामध्ये एक सय ७० जना फस्र्ट डन, ६ जना सेकेन्ड डन र नौ जना थर्ड डनमा बढुवा भएका छन् । उनीहरुलाई नेपाल कराँते महासङ्घका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामा, सितेरियो कराँते सङ्घका केन्द्रीय अध्यक्ष एवं कराँते महासङ्घका महासचिव दावा गुरुङलगायतले दीक्षित गरेका थिए ।