नेपालगञ्जमा कारको ठक्करबाट दुई जनाको मृत्यु

नेपालगञ्जमा कारको ठक्करबाट दुई जनाको मृत्यु


बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै गए राति ठक्कर दिँदा नेपालगञ्ज-१३ का २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ । अर्का मृतक पुरुषको भने पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए ।

उनका अनुसार दुवै जनाको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

प्रहरी निरीक्षक सुवेदीका अनुसार उक्त घटनामा नेपालगञ्ज-१३ की सहाना शाह घाइते भएकी छिन् । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । कारका दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

तस्बिर : रासस