✍ श्यामकृष्ण लम्साल ‘दिङ्लाली’
पहिचान
अस्तित्व
मुल्य मान्यता
सभ्यता
संस्कृति
आदिमदेखि वर्तमानसम्मको
जीवन्त साक्षी
नेपाली ढाकाटोपी ।
जहाँ सगरमाथा उभिएको छ
प्रतिकात्मक रुपले,
जहाँ पूर्खाको निशानीको प्रतिविम्ब छ
विश्वसामु
स्वाधीन, स्वाभिमानी
पौरखी प्रतीकको गाथा छ
त्यो हो मेरो नेपाली ढाका टोपी ।
त्यसभित्र म पनि छु
म अर्थात् हामीभित्र
हामी सबै अटेका छौँ
त्यहाँ हाम्रो जीवन्त पहिचान छ
सगरमाथाको सानको प्रतीक
नेपाली ढाकाटोपी छ
त्यसभित्र हामी अटेका छौँ
मभित्र हामी बाँचेका छौँ
नेपाली ढाका टोपीभित्र
हामी सबै हाँसेका छौँ ।
प्रतिक्रिया