अस्पतालको बेडमा कुकुर सुतेपछि…

अस्पतालको बेडमा कुकुर सुतेपछि…


कपिलवस्तु प्रतिनिधि

ड्युटीमा लापरवाही गरेको पाइएपछि कपिलवस्तु अस्पताल इमर्जेन्सी फाँटका तीन जना कर्मचारी निलम्बनमा परेका छन् ।

यही पुस ३ गते मध्यरातमा इमर्जेन्सी फाँटको बेडमा कुकुर सुतेको दृश्य सामाजिक संजालमा भाइरल बनेको थियो । त्यही विषयमा अस्पताल प्रशासनको गत सोमबार बसको बैठकले घटनाको छानबिनपछि ती कर्मचारीलाई निलम्बनमा राखेको हो ।

दुई जना अहेब र एक कार्यालय सहयोगी निलम्बनमा परेका हुन् ।

कोही नभएको बेला बेडमा पाँच मिनेट कुकुर सुतेको थियो । अस्पतालमा रहेका सिसि फुटेज चेक गरेपछि उक्त तथ्य खुलेको थियो ।

मेसु बिपिन जैसवालले लापरावही गर्ने तीन जनालाई निलम्बन गरिएको बताए । अस्पतालमा लापरवाही गर्ने कसैलाई पनि नछाडिने उनको भनाइ छ ।