अमेरिकी डलर देखाएर ठगी, तामाङ पक्राउ

अमेरिकी डलर देखाएर ठगी, तामाङ पक्राउ


अमेरिकी डलर देखाएर ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ निगालेका र हाल काठमाडौं दक्षिणकाली नगरपालिका–५ फर्पिङ बस्ने ४३ वर्षीय हस्तबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले कीर्तिपुर नगरपालिका–६ चोभार जलबिनायक मन्दिर परिसरमा पुस ९ गते ललितपुर घर भएका ३६ वर्षीय पुरूषलाई ८ हजार अमेरिकी डलर भेटाएको र नेपाली रूपैयासँग साट्ने भए नगद ५ लाख रूपैयाँ दिनुस् भन्दै ५ लाख रूपैयाँ लिई पीडितलाई ५० दरको अमेरिकी डलर १ थान दिई अन्य डलर रूमालभित्र छ भन्दै नेपाली २० दरको २ सय ४० वटा नोटहरू रातो रूमालमा पोका बनाई ठगी गरी फरार भएका थिए ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले तामाङको खोजी गर्ने क्रममा काठमाडौं दक्षिणकाली नगरपालिका–५ नारायणथानबाट फेला पारी पक्राउ गरेको हो । उनी उपर ठगीसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालत बबरमहलबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।