जेष्ठनागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

जेष्ठनागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


प्रहरी कर्मचारीका परिवारका जेष्ठ नागरिक (बुवा/आमा) लक्षित नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना र नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राविधिक सहयोगमा उक्त शिविर संचालन गरिएको हो ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले शिविरमा सहभागी जेष्ठ नागरिकहरूलाई सम्मानसमेत गरिन् । उनले देश र नागरिकको सेवामा तल्लीन रहँदा कार्यव्यस्तताको कारण प्रहरी कर्मचारीहरूले आफ्ना बुवाआमाको हेरचाह तथा स्वास्थ्य उपचारमा उचित समय दिन नसक्दा स्वास्थ्यमा पर्न सक्ने असरलाई हृदयङ्गम गरी स्वास्थ्य शिविर संचालन गरिएको बताइन् ।

स्वास्थ्य समस्याको पहिचान भई स्वास्थ्य उपचार प्राप्त गरी रोग निधानको लागि शिविरले टेवा पु¥याउने विश्वास लिइएको छ ।

शिविरमा नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्राविधिक कर्मचारीहरूबाट प्रहरी कर्मचारीका परिवारका २५ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधिसमेत वितरण गरिएको थियो ।