सिड्नीमा सोमबार माघी फेस्टिबल

सिड्नीमा सोमबार माघी फेस्टिबल


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

स्वदेशबाहिर रहनुहुने नेपालीजनले प्रवासमै पनि नेपाली चाजबाड र संस्कृति मान्ने मनाउने क्रमलाई निरन्तरता दिँदै आउनुभएको छ । यसै क्रममा माघे सक्रान्तीको अवसरमा अष्ट्रेलियाको सिड्नीमा माघी फेस्टिबलको आयोजना हुने भएको छ ।

फेस्टिबल सोमबार साँझ अर्थात् जनवरी १५ तारेखका दिन आयोजना हुने जानकारी दिइएको छ । सिड्नीको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा माघी फेस्टिबल आयोजना हुने भएको छ ।

कार्यक्रममा डिजे नटकेसको विविध सांगितिक प्रस्तुति रहने छ भने विविध सांस्कृतिक प्रस्तुतिहरू समेटिने जानकारी दिइएको छ ।