मनिकलालाई ‘लैजाने छु तिमीलाई’ भन्दै आए आयुष

मनिकलालाई ‘लैजाने छु तिमीलाई’ भन्दै आए आयुष


गायक आयुष मगरको स्वर र शब्दमा रहेको ‘लैजाने छु तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उदयराज पौडेलले साउण्ड डिजाइन गरेको यस गीतको म्युजिक प्रोड्युसर सिद्धान्त राना हुन् ।

म्युजिक भिडियो अमेरिकाको न्युयोर्क शहर वरिपरिको क्षेत्रमा सुटिङ गरिएको हो । म्युजिक भिडियोमा स्वयम् गायक मगर र मनिकला गुरुङबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । एनवाइसी नेपाली लाइफस्टाइल प्रडक्शनले छायांकन गरेको यस भिडियोलाई विजेश पौडेलले सम्पादन गरेका हुन् ।

‘भ्यालेन्टाइन डे’को अवसर पारेर कोसेलीका रुपमा यो प्रेमगीत सार्वजनिक गरिएको गायक मगरले बताएका छन् । भिडियो गायक मगरको युट्युव च्यानल ‘आयुष मगर’ मार्फत सार्वजनिक गरिएको हो । हाल अमेरिकामा बस्दै आएका गायक मगरको यसअघि ‘माया पनि बसेकै थियो’ बोलको म्युजिक भिडियो स्रोता तथा दर्शकमाझ लोकप्रिय छ ।