त्रिबेणीधाममा माघेऔंसी मेला शुरू

त्रिबेणीधाममा माघेऔंसी मेला शुरू


  • संजय कुशवाहा, नवलपरासी

नवलपरासी (बर्दघाट सुस्ता पुर्व) बिनयी त्रिबेणी गाऊँपालिका वडा नं. ६ त्रिबेणीधाममा माघेऔंसीको मेला शुरू भएको छ । हिन्दु मान्यताअनुसार विशेषगरी माघेऔंसीको दिन त्रिवेणीधाम स्थित नारायणी नदिमा स्नान गरि पश्चात सुर्यको अराधना गरि त्यहा निर्माण गरिएको शिव मन्दिरमा पुजा गरेपछि हरेक मनोकामना पुरा हुने विश्वास गरिएको हो ।

ऐतिहासिक एवम् पर्यटकिय क्षेत्र मानिने त्रिवेणीधाममा मेला लाग्ने गरेको छ । त्रिवेणी धाममा नारायणी नदी, सोन भद्र नदी र पुर्ण भद्र नदीको संगमस्थल भएको हुँदा त्रिबेणीधाममा माघेऔंशीको मेला हरेक वर्ष लाग्ने गरिन्छ । औंसी मेलामा नेपाल, विहार ,भारतको उत्तर प्रदेशबाट लाखौ श्रद्धालु भक्तजनहरु आउने गर्छन् ।

मेलामा श्रधालु भक्तजनहरुलाई सरल, सुलभ र भब्य बनाउनका लागि मेलामा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्वयंसेवक गरि करिब दुई सय सुर‌क्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले बताए ।

मेलामा रातिको समयमा मेलाको चारैतिर बत्ती, चिसोबाट जोगाउन ठाउँठाउँमा धुनी, खाने पानी, पानीको सतह स्थिर राख्नका लागि गण्डक ब्यारेजसित सम्झौता लगायत आउने भक्तजनहरुको सुविधाको व्यवस्था गरिएको औशी मेला ब्यवस्थापन समितिका अध्यक्ष एवम् विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सुरेन्द्र शाहले जानकारी दिए । त्रिवेणी औंशी मेलामा स्नान तथा अवलोकनका लागि करिब ३ देख ४ लाख सम्म श्रद्धालु भक्तजनहरु मेलामा आउने शाहले दाबी गरेका छन् ।