विषम आर्थिक परिस्थितिमा पनि हिमालयन एभरेष्ट इन्स्योरेन्स ‘उल्लेख्य नाफामा’

विषम आर्थिक परिस्थितिमा पनि हिमालयन एभरेष्ट इन्स्योरेन्स ‘उल्लेख्य नाफामा’


हिमालयन एभरेष्ट इन्स्योरेन्स लि.ले आफ्नो तीसौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

वानेश्वर थापागाउँस्थित वानेश्वर ब्याङक्वेटमा माघ २५ सम्पन्न उक्त साधारणसभामा शेयरधनीहरूको उल्लेख्य उपस्थिति थियो । विषम आर्थिक परिस्थितिको वाबजुद कम्पनीले उल्लेख्य नाफा रु.४४ करोड ८५ लाख आर्जन गरी शेयधनीहरुलाई ६.३७ प्रतिशत बोनश शेयर र नगद लाभांश ८.६३ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय भएकोमा शेयरधनीहरूबाट खुशी ब्यक्त गर्दै कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरिएको कम्पनीले जनाएको छ ।

इन्स्योरेन्स संचालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठको सभापतित्वमा संचालित साधारणसभामा संचालकहरूका अलावा प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह, कम्पनीका वरिष्ठ अधिकृतहरू तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्ष श्रेष्ठले साधारणसभामा शेयरधनीहरूले राखेको जिज्ञासा तथा सुझावहरूको जवाफ दिएका थिए ।

मर्जरपछिका विभिन्न व्यवधानहरूको सामना गर्दै कम्पनीले हासिल गरेको उल्लेख्य प्रगति र चालु आर्थिक वर्षका सुचांकहरू समेत उत्साहजनक रहेको भन्दै कम्पनीको नेतृत्व तथा सम्पूर्ण टिमप्रति अभार प्रकट गरिएको थियो । कम्पनीका तर्फबाट राखिएका विभिन्न प्रस्ताव पारित गरी कम्पनीको तीसौँ वार्षिक सभा सम्पन्न गरिएको