महेश त्रिपाठी अभिनित चलचित्र ‘खजुरे ब्रो’को फस्ट लुक्स पोस्टर सार्वजनिक

महेश त्रिपाठी अभिनित चलचित्र ‘खजुरे ब्रो’को फस्ट लुक्स पोस्टर सार्वजनिक


महेश त्रिपाठीअभिनित चलचित्र ‘खजुरे ब्रो’को फस्ट लुक्स पोस्टर सार्वजनिक भएको छ । आगामी नयाँ वर्षको वैशाख २८ गतेका लागि रिलिज मिति तोक्दै चलचित्र ‘खजुरे ब्रो’को फस्ट लुक्स पोस्टर सार्वजनीक गरिएको हो ।

चलचित्रका मुख्य कलाकार महेश त्रिपाठीले आफ्नो सामाजीक संजाल फेसबुकमा पोस्टर पोस्ट गर्दै आफू निकै उत्साहित भएको बताएका छन् ।

दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘खजुरे ब्रो’को सुटिङ एक हप्ताअघि मात्रै धरानमा सकिएको थियो ।

नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको चलचित्रका लेखक तथा निर्देशन सुरज सुनुवार हुन् । चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिशंखेको छायांकन रहेको चलचित्रमा अनमोल गुरुङको संगीत, सोनाली शिल्पकारको मेकअप रहेको छ ।

चलचित्रको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् । चलचित्रमा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज रहेको छ । लाइट कमेडीमा आधारित रहेर यो चलचित्रलाई निर्माण गरिएको छ।

वैशाख महिनामा प्रदर्शन गरिने यो चलचित्रमा महेश त्रिपाठीसँगै रेयर राई , नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको अभिनय छ ।

यो चलचित्रमा दार्जिलिङका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ भने धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गरेका छन् ।