प्रचण्ड नेतृत्वमा पाँच सदस्यीय मन्त्रिपरिषद् बन्दै

प्रचण्ड नेतृत्वमा पाँच सदस्यीय मन्त्रिपरिषद् बन्दै


चार मन्त्री विनाविभागीय

  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपाली कांग्रेससँगको सत्ता गठबन्धन टुटाएका नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले आज नै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । आज (सोमबार) नै प्रधानमन्त्री प्रचण्डले हालको मन्त्रिपरिषद् बिघटन गर्दै उनकै नेतृत्वमा विनाविभागीय मन्त्रीहरु ४ जना नियुक्ति गर्दैछन् ।

एमालेबाट पदम गिरी, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट सभापति रवि लामिछाने र जसपाबाट अध्यक्ष उपेन्द्र यादव विनाविभागीय मन्त्रीमा सपथ गर्दैछन् ।

एमाले उच्च स्रोतका अनुसार नागरिक उन्मुक्ति र जनमत पार्टी पनि यो समिकरणमा सहभागी हुने भएका छन् । उनीहरुलाई अर्काे चरणमा मन्त्री नियुक्ति गर्ने तयारी छ ।

दलहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा कुरा भइरहेको बुझिएको छ । स्रोतका अनुसार ३ जनासम्म उपप्रधानमन्त्री रहनेछन् । ‘त्यसको टुंगो केही समयपछि लाग्ने छ’– एमालेका एक नेताले घटना र विचारसित भने ।