✍ राजेश ढुंगाना
मैले बाँच्नुको अर्थ
नमर्नुमा मात्र सीमित रहन सक्तैन
मैले हाँस्नुको अर्थ
कसैलाई ब्यङ्ग्य बनोस्
यो पनि
आफैंलाई सह्य हुँदैन
बाँचिदिन त
निर्धक्कसँग सकिन्छ
तर म
बाँच्नुको अर्थ कहिल्यै
जीवनको
भिक्षा माग्नुचाहिँ हुन सक्तैन
हिजो ऊ रुनु
पराजयमा अर्थ लगायौ
तिमीहरूले
तर
प्रिय दुष्टहरू हो !
अब पनि
सपुतहरूको मराइलाई
आत्महत्यामा
अनुवाद गर्न पाउँदैनौ
तिमीहरूले !
प्रतिक्रिया